धेरै पढेमा जोगी बन्नु पर्ने
नेपाली भाषामा

धेरै पढेमा जोगी बन्नु पर्ने

10 / 100 SEO Score

नेपालमा पढाइका थुप्रै तह हरु छन्। तर नेपालमा विभिन्न श्रेणी पास् गरेका विद्यार्थीलाई विभिन्न तह को मान्यता दिइन्छ। हाम्रो देशमा काम गर्न पनि 12 पास् नगरेमा गार्है पर्न सक्छ। कतै काम पाए पनि धेरै नपढेका ले गर्दा तलब कम नै पाइन्छ। 12 पास गरेर विदेश जाने रहर धेरैको हुन्छ। कसैको सपना पूरा हुन्छ त कसैको सपना सपना मै बिलाई जान्छ। 12 पास् गर्नी बित्तिकै विदेशीने नेपाली पहिलो प्रकार मा पर्छन्। यी पहिलो प्रकार मा पर्नि नेपालीहरु धेरै नै छन्। यी व्यक्ति हरु धेरै जसो अस्ट्रेलिया मा भेटिन्छन्। यी व्यक्ति हरु जान त विद्यार्थी भिसामा गएका हुन्छन् तर मनसाय भने पढ्ने भन्दा बेसी कमाउन नै हुन्छ । तर जसरी भए पनि जे गरेर भए पनि पहिला विदेशीदा लागेको ऋण तिर्छन् त्यसपछि आफ्नो लागि जोहो गर्छन् । लगभग 6 वर्ष सम्म मा त यिनीहरुले येती पैसा कमाई सक्छन् कि भारत ले मिचेको जमिन पनि म नै किन्छु भन्न थाल्छन्।

जति पैसा कमाए पनि, धेरैले नेपाल नफर्किने नै निर्णय लिन्छन् । अब अरु कुरा बिर्सेर कुरा गरम् ती मान्छेको जो 12 पछि नेपाल मै बस्ने निर्णय लिन्छ। कसैले पढ्नै छाडिदिन्छन् । यी पढ्न छाडेका व्यक्ति हरु दोस्रो प्रकार मा पर्छन् । उनिहरु कोहि काम गर्न थाल्छन् त कोहि भने आफ्नै व्यवसाय गर्न थाल्छन्। जो अरु को काम गर्न थाल्छ अल्ली पछि उसलाई नि नेेपाल बस्न मन ले मान्दैन। न त राम्रो पढियो न त बेलै माा विदेश छिरियो । यहि सोचले उनिहरु पिरोलिन्छन। अन्ततः उनिहरु पनि लाग्छन् खाडि तिर। लगभग 6 वर्ष मा त उनिहरु पनि टन्न पैसा कमाएर नेपाल फर्किन्छन्। नेपाल आएर घर बनाउछन्, बाइक लिन्छन्, बचेको पैसाले एउटा केही व्यवसाय गर्छन्। उनिहरु को सान पनि बेग्लै नै हुन्छ ।

अब लागम् तेस्रो प्रकार का व्यक्तिहरु जो नेपाल मा पढ्ने निर्णय लिन्छन् । ब्याचलर पढ्न 4 वर्ष लाग्छ तर कलेज अगाडि को पसल मा दिनभर चिया र चुरोट तान्ने विद्यार्थीलाई 6 वर्ष त ब्याच्लर पास गर्नै लाग्छ। ब्याच्लर पछि राम्रै काम पाएर महिना को तिसै हजार तलब थापे पनि नेपाली हो नी जोगाएर राख्छन् भनेर म विश्वास गर्दिन। उनिहरु को पैसा फोक्सो मा धुवाँ र बाइकमा पेट्रोल हालेरै सकिन्छ। र उनिहरु लाई मास्टर्स नि गर्नु पर्नि हुन्छ। जब 2 वर्ष मा मास्टर्स पढिसक्छन् उनिहरु को हात मा पैसा त कमै होला तर सर्टिफिकेट चाहिँ हुन्छ। कोहि को त काखिमा च्यापेर हिड्ने घोर्ले छोरो पनि भैसकेको हुन्छ।

जब तेस्रो प्रकारका नेपालीहरु को पढाइ सकिन्छ तब सम्म त ती पहिलो र दोस्रो प्रकार का नेपालीहरु माननिय प्रधानमन्त्री ज्युले भने जस्तो सक्षम र सुखि भैसक्छन्। तर पनि मास्टर्स पढेर सकेका हरु भौतारिरहेका हुन्छन् । कसैलाई राम्रो काम चाहिएको हुन्छ त कोहि बल्ल विदेश जानि सोच बनाउछन्। जिन्दगी त तब गार्‍हो हुन्छ जब पेट पाल्न आफ्नो खल्ती मा पैसा हुन्न, र काम पनि हुन्न। यसरी धेरै पढेका मानिस हरु नै जोगी बन्न पर्छ।

Comment using your Facebook account

2 Replies to “धेरै पढेमा जोगी बन्नु पर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *